Monday, May 11

एकीकृत समाजवादीको सचिवालय बैठक पुस २ र ३ गते

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको भोलिबाट बस्ने भनिएको सचिवालय बैठक पुसको २ र ३ गते बस्ने भएको छ ।   मंसिरको २८ र २९ गते  बस्ने भनिएको बैठक पुस २ र ३ गतेलाई सारिएको सचिव जीवनराम श्रेष्ठले बताउनु भयो

बैठकमा सहभागी हुने नेताहरुको कार्यव्यवस्थताको कारणले बैठक सारिएको नेता श्रेष्ठले बताउनु भयो ।  बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ ।

Advertisement

पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने बताईएको छ ।  बैठकमा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गर्ने र सो निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गर्ने तयारी छ।