कृषिसमाचारसमाज

कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व!

Nepal Akhabar

इस्तखार अंसारी । कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व जति ब्याख्य गरेपनि कम छैन । काठका दाउरा बालेर आएको वस्तुलाई खरानी भानिन्छ । यसमा क्षारीय गुण हुने भएकोले विभिन्न कीराहरू भगाउनका लागि प्रयोग गर्न सकिन्छ । माटोमा खरानी मिसाउनाले माटोको पानी बोक्ने क्षमता पनि बढ्न जान्छ र बालीबिरुवालाई राम्रो हुन्छ | खरानीमा १५% क्याल्सियम र २.६% पोटासियम हुने हुनालेटुप्पो कुहिने, फल फुटने समस्या कम गर्नाका साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ ।

प्रयोग विधि

५ के .जी. खरानीप्रतिक्विन्टल अनाजमा मिसाएर राखेमा अनाजलाई घुन लाग्नबाट बचाउन सकिन्छ ।

• सफा खरानी बिहान बोटबिरुवामा छार्नालेलाही कीरा, काँक्रो, फर्सीको खपटे, पात खन्ने कीराको प्रकोप हराउँछ।

• त्यस्तै खरानी माटोमा छार्नालेमाटोमा बस्ने चिप्ले तथा शङ् खेकीराको प्रकोप कम हुन्छ ।

• २ भाग खरानीमा १ भाग चिउरीको पिना मिसाई त्यसमा १५ भाग पानी घोलेर तरकारीको ब्याडमा सिँचाई गरेमा धमिरा र कमिलाको प्रकोप कम गर्न सकिन्छ ।लेखक: इस्तखार अंसारी, कृषि विध्यार्थी, सुदूरपश्चिम विश्ववि्यालय, कृषि विज्ञान संकाय, टिकापुर, कैलाली।No description available.

the authoradmin