Saturday, May 23

सालकको खपडासहित तीन जना पक्राउ

नेपालअखबार, काठमाडाैं। प्रहरीले सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट तीन जनालाई सालकको खपडासहित पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Advertisement

गत शुक्रबार पेप्सीकोलामा सालकको खपडा बेच्न केही व्यक्तिहरू हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१का २० वर्षीय अमृत लामा, जिरी नगरपालिका-३का २५ वर्षीय विशाल बस्नेत र जिरी-४ का २७ वर्षीउ सुकविर तामाङ छन्।

उनीहरूमाथि थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।