Monday, May 25

तीनै तहमा अनुगमन सम्बन्धी कानून, नीति, मापदण्ड र कार्यविधिमा एकरुपता नहुँदा अनुगमनमा गंभिर प्रभाव : सभापति खान

नेपालअखबार, काठमाडाैं ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति मान्निय अब्दुल खानले  तीनै तहमा अनुगमन सम्बन्धी कानून, नीति, मापदण्ड र कार्यविधिमा एकरुपता नहुँदा अनुगमन प्रभावकारी नभएको तर्फ समितिको गंभिर ध्यानाकर्षण भएकाे बताएका छन् ।

सभापति खानका अनुसार देशका केहि जिल्लाहरुमा गरिएका बजार अनुगमन र सरकारी निकायबाट भएगरेका अनुगमन कार्यको पनि अनुगमन गर्दैगर्दा संघ, प्रदेश र स्थानीय तहका विविध प्रकारका अनुगमन सम्बन्धी कानून, नीति, मापदण्ड र कार्यविधिमा एकरुपता नभई अनुगमनको कार्य प्रभावकारी नभएको जानकारी दिएका छन् ।May be an image of 11 people, people studying and table

Advertisement

यस्ता विविध कानूनी प्रावधानहरुमा एकरुपता कायम गर्न, तीनै तहविच समन्वयकारी भूमिका निर्वाह गरी प्रभावकारी रुपमा अनुगमन सम्बन्धी कार्यमा एकरुपता कायम गर्न के कस्तो कार्य गर्नु पर्छ सो सम्बन्धी कानूनी प्रावधान, जनशक्ती, बजेट, प्रविधि लगायतका विषयमा विस्तृत कार्ययोजना तयार गरी समितिमा उपलब्ध गराउन केन्द्रीय बजार अनगुमन समितिलाई निर्देशन दिने सभापित खानले बताएका छन् ।
सभापित खानका अनुसार उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तुहरुको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरीवेक्षण सम्बन्धी कार्यको सुनिश्चितताका लागि हाल मौजुदा कानूनहरुमा के कस्तो संधोधन गर्नु पर्छ र के कस्ता कानूनको आवश्यकता छ सो सम्बन्धी विवरण समितिलाई उपलब्ध गराउन नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने बताए।May be an image of 11 people and people studying
बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि पर्याप्त दक्ष जनशक्ति व्यवस्था गर्नु आवश्यक रहेको  र साे   तर्फ समितिको ध्यानाकर्षण भएको सभापित खानले बताएका छन् । । दक्ष जनशक्तीको अभाव सम्बन्धी समस्या समाधानका लागि के कस्तो कामकारबाही गर्नु पर्छ सोको जानकारी समितिलाई उपलब्ध गराउन नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने  सभापति खानले बताएका छन् ।May be an image of 12 people, people studying and table