Monday, May 25

कैलालीमा कस्तूरीको बिना सहित एक जना पक्राउ

नेपालअखबार, धनगढी । कैलालीमा संरक्षित वन्यजन्तु कस्तूरीको बिना सहित एक जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिना सहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।