Friday, July 10

९ पदमा ६७ कर्मचारी माग्दै राष्ट्र बैंकले गर्‍यो दरखास्त आह्वान

नेपालअखबार, काठमाडाैं। नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ६७ जना कर्मचारी मागेको छ।

Advertisement

शुक्रबार सूचना प्रकाशन गर्दै राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो।

Advertisement
Advertisement

राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement

त्यस्तै सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले राष्ट्रबैंकको अनलाइनमार्फत पुस २६ भित्र दरखास्त दिन सक्नेछन्।

दरखास्त शुल्क श्रेणीअनुसार फरकफरक निर्धारण गरिएको छ।

सूचनाः

nrb-1703209529.jpg