Sunday, August 2

काठमाडौंमा नक्कली नोटसहित एक जना पक्राउ

नेपालअखबार,काठमाडौं। काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्।

Advertisement

रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ  पक्राउ परेकी हुन्।

Advertisement
Advertisement

उनलाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ। नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।

Advertisement

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।