Thursday, July 30

आवधिक योजना तर्जुमा गर्दै ललितपुर महानगर

नेपालअखबार, काठमाडौं । ललितपुर महानगरपालिका आवधिक योजना तर्जुमामा जुटेको छ ।

Advertisement

आवधिक योजना तर्जुमा निर्देशक समितिको शुक्रबार बसेको बैठकपछि महानगर प्रमुख चिरिबाबु महर्जनले दिगो विकास लक्ष्य २०३० र अन्य राष्ट्रिय योजना, लक्ष्यहरुलाई पूरा गर्न महानगर आवधिक योजना तर्जुमा गर्न थालेको बताए ।

Advertisement
Advertisement

आवधिक योजना अनुसार अघि बढ्दा योजनाको डुप्लिकेसन नहुने महानगर प्रमुखको भनाइ थियो ।

Advertisement

उपप्रमुख मन्जलि शाक्यले आवश्यकताको आधारमा योजना तर्जुमा गर्नु अत्यावश्यक भएको बताइन् ।

आवधिक योजनाका लागि सूचना र तथ्यांक अत्यावश्यक भएको स्वीकार गर्दै भनिन्,‘आवश्यकताको आधारमा योजना बनाउने हो, खल्तीबाट झिकेर योजना बनाउनु हुँदैन ।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले यो वार्षिक बजेट बनाए जस्तो नभएको बताउँदै आवधिक योजनाले महानगरलाई काम गर्न दिशानिर्देश गर्ने स्पष्ट पारे ।

नेपाल सरकारका पूर्व सहसचिव विष्णुदत्त गौतमले विकासको प्रक्रियालाई आवधिक योजनाले निर्देश गर्ने बताए । उनले भने, ‘धेरै जसो स्थानीय तहले आवधिक योजना बनाएका छैनन्, वार्षिक योजना मात्रै बनाएर अघि बढेका छन् ।’

आवधिक योजना भनेको समय अवधि तोकेर तय गरिने योजना भएको बताउँदै उनले आवधिक योजनालाई पाँच वर्षे योजना हो भन्दै गरिएको व्याख्या र बुझाइ गलत भएको बताए ।

राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुइँटेलले लक्ष्य विनाको विकासले परिणाम दिन नसक्ने बताए । परिणाममुखी विकासका लागि आवधिक योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

आवश्यकताको पहिचान र सूचना आवधिक योजना तर्जूमाको अत्यावश्यक तत्व भएको बताए ।

आयातित विकासलाई भन्दा मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

शुसासन समितिका संयोजक एवम ललितपुर महानगर वडा नं.३का वडा अध्यक्ष श्रीगोपाल महर्जनले सूचना प्राप्त गर्ने महत्वपूर्ण आधार महानगरको प्रोफाइल हालसम्म नभएको बताए । उनले भने, ‘हामीसँग सूचनाको अभाव छ, महानगरभित्र कतिवटा रेष्टुँरा छन्, व्यवसाय छन् भन्ने प्रश्नमा हामीसँग उत्तर छैन ।’

आर्थिक समिति संयोजक तथा वडा नं.२१का वडा अध्यक्ष रविन्द्र महर्जनले मौलिक विकासमा महानगर पछाडि रहेको बताए । उनले मौलिक विकासको आधार तयार गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमा अन्य समितिका संयोजक, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित थिए ।