प्रशासनसमाचारस्वास्थ्य

चीनको सहयोगमा निर्माण भएको अस्पताल मार्चमा हस्तान्तर हुने

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । चीनले सिन्धुपाल्चोकमा बनाइ रहेको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चिनियाँ दूतावासका अनुसार १६ महिना लगाएर अस्पतालका भवन तयार भइसकेको छ त्यसमा त्यसमा अन्य उपकारण जडान गर्ने काम भइरहेको छ ।

त्यसमा अक्सिजन कन्सेन्ट्रेटर, धुँवा अलार्म र फायर स्प्रिंकलर जडान गरिसकेको छ । मार्चमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी कार्य अगाडि बढी रहेको दूतावासले जनाएको छ ।

सो अस्पताल सञ्चालनमा आएपछि त्यहाँका बिरामीलाई सहयोग पुग्ने विश्वास दूतावासले लिएको छ । सो अस्पतालमा १२० जना स्थानीयले रोजगार पनि पाउने छन् ।

the authoradmin