Monday, April 20

कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क खाद्यन्न(तरकारी) वितरण कार्यक्रम एघारौँ पट सम्पन्न

नेपाल अखबार,  न्यु-यार्क, अमेरिका ।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व तरकारीहरुको वितरण कार्यक्रम बिहीवार, जुन १८, २०२० बेलुका भव्यता का साथ सम्पन्न गरेको छ। सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइनसँग सहकार्य गरी निशुल्क वितरण गरेकाछन्।

वहाँ ले यसै फाउण्डेशन लाई २९ बक्स-३० पाउण्डको प्रतेक बक्स, जम्मा ८७० पाउण्ड शुद्व तरकारीहरु र ऐप्पल सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र लगभग १०० जना नेपाली लगाएत सबै समुदायका मानिस हरुलाई वितरण गरेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।फाउण्डेशन कै कार्यालय (72-24 ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क) अगाडी बाट प्रथमतः का आधार मा लाईन अनुसार सामाजिक दुरी मा क्रमश: वितरण गरिएको थियो।

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, यु.एन.आई ग्लोबल युनियन नेपालकि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त खटिनु भएको थियो।
यसै कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, रुपान्तरण मेडियाका संचालक आकुर लुईटेल हरुको उपस्थिति रहेको थीयो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि फाए बिइन लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *