Monday, July 6

स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष

नेपालअखबार,  पोखरा । पोख्रेली घराना कर्माचार्य हाउसका अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष खडा गरी मृगौला पिडित महिलालाई बार्षिक एक लाख रुपैँया प्रदान गरिने भएको छ ।

Advertisement

स्व.लक्ष्मी सुन्दरीको ४५ दिनको पुण्य तिथिमा वरिष्ठ उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले सो घोषणा गर्नुभएको हो ।

Advertisement
Advertisement

उहाँले सरकारी अस्पतालमा डायलसिस गरिरहेका कास्की जिल्लाका महिला मध्येबाट बार्षिक एक जनालाई एक लाख रुपैँया प्रदान गरिने बताउनुभएको छ । सो सहयोग संचालन एवं व्यवस्थापनको लागि कर्माचार्य समाज र कर्माचार्य महिला समाजलाई जिम्मेवारी दिइनेछ ।

Advertisement

हरेक बर्ष फागुन महिनाको पहिलो हप्ता प्रदान गरिने सो रकम कस्तो महिला दिने भन्ने बारेमा समितिले निर्णय गर्नेछ । उहाँले यस अगाडि पनि लेखनाथ उद्योग वाणिज्य संघमा एक लाख एक हजारको चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार प्रदान गर्दै आउनुभएको छ ।