Monday, July 6

नेपाल रिटर्नी एशसिएसन काभ्रे जिल्ला कमिटी विस्तार

नेपालअखबार, काठमाडौँ। पुरुषोत्तम आचार्यको अध्यक्षतामा २१ सदस्यीय नेपाल रिटर्नी एशसिएसन काभ्रे जिल्ला कमिटी विस्तार गरेको छ।

Advertisement

शुक्रबार काभ्रे जिल्लामा विदेशबाट ज्ञान शिप र पूँजी लिएर फर्किएका युवाहरुको भेलाले उक्त कमिटी विस्तार गरेको हो। काभ्रे जिल्ला कमिटी अध्यक्ष बशुन्धरा हुमागाईको अध्यक्षतामा नेपाल रिटर्नी एशसिएसन एशसिएसनका केन्द्रीय अध्यक्ष प्रविन पौडेलको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Advertisement
Advertisement

जिल्लाका नेताहरु गोकुल गौतम, यशु लामा, जगत शाह, पासाङ डोल्मा लामा, ध्रुव रायमाझी, पुरुषोत्तम पराजुली, रामप्रसाद पराजुली साथै एसोसिएसनका महासचिव दिपेश सिंजाली मगरको उपस्थिति रहेको थियो।

Advertisement

एशोसियसनका केन्द्रीय अध्यक्ष पौडेलले विदेशबाट फर्किएका युवाहरुको ज्ञान, सीप र पूँजीलाई देशको विकास र समृद्धिका निम्ति प्रयोग गर्नुपर्नेमा जोडदिनु भयो।

उहाँले भन्नुभयो, ‘उक्क्त पूँजी पुनः उठाउन नसकेकोले पुनः लगानी गर्न नसक्ने अवस्था श्रृजना हुन्छ। पुनः ऋणको भारी बोकी पुनः विदेशिनु पर्ने अहीले रिटर्नीहरुको मुख्य समस्या हो। यसको सम्बोधनको लागि हाम्रो एशोसियसनले गर्नेछ। त्यसैले रिटर्नीहरु सबै गोलवद्ध भएर अगाडि बढ्नुपर्ने आवशयकता छ। यसरी गोलबन्द भएमा मात्र हाम्रो माग पुर हुन सक्छ।’

त्यसै गरी नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला कमिटीका अध्यक्षले विदेशमा आर्जित रकम विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेर प्रतिकूल परिस्थितिमासमेत राज्यलाई सहयो गरिरहेका युवाहरुलाई पार्टीमा गोलबद्ध गर्दै आर्जित ज्ञान शिप पूँजी र लगनलाई उत्पादनसँग जोड्न सकारसँग जोडदार माग गर्नुभयो।