Sunday, May 24

नेकपा एमालेकी नेता मेनुका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडौँ। नेकपा एमाले उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य मेनुका श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ।

आइतबार एमाले परित्यागरी श्रेष्ठ एकीकृत समाजवादीमा समाहित हुनु भएको हो। व्यवसायीसमेत रहनु भएकी श्रेष्ठलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नु भएको हो।

Advertisement

एमालेमा व्यक्तिवाद चरम बन्दै गएको, पार्टी सिमित नेताको कब्जामा गएको बताउदै श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नै एकीकृत समाजवादी पार्टी भएको बताउनु भयो।

मकवानपुरकी श्रेष्ठले आफू व्यवासायी भएको बताउदै आफ्नो उद्योग तथा व्यवसायिक अभियान,रोजगारी र समृद्धिको योजनालाई साकार पार्न एकीकृत समाजवादी पार्टीले साथ दिने विश्वास व्यक्त गर्नुभयो।

पार्टी सचिव जीवनराम श्रेष्ठ, निर्वाचन आयोग प्रमुख माधव पौडेल, पार्टी केन्द्रीय सदस्य मनु सिग्देललगायतका नेताहरूले श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभएको हो।

madhav-nepal-jeevanram--2-1708855115.jpg