अर्थसमाचार

केन्द्रीय बैंकले जनाएकाे छ सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । केन्द्रीय बैंकले सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात रहेको जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।

तथापि, यो नगद मौज्दात केन्द्रीय बैंक (संघीय सरकार), प्रदेश सरकार र स्थानीय तहको समेत हो ।

२०८० असार ३१ सम्ममा यस्तो नगद मौज्दात जम्मा ६० अर्ब रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधि (७ महिनामा) नगद मौज्दात ५१ अर्ब ३० करोड रुपैयाँले बढेको छ । तर, समीक्षा अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर १० अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस माघ मसान्तसम्मा १५ अर्ब रुपैयाँले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

the authoradmin