अपराधसमाचार

जुवातास खेल्दै गरेका ६ जना पक्राउ, १ लाख ३९ हजार बरामद

नेपालअखबार, पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा ८ स्थित गोपाल बस्नेतले संचालन गरेको ग्यारेजको कोठामा जुवा तास खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा नगद १ लाख ३९ हजार सहित नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का रमेश शाह, भारतको बिहार प्रदेश बिहार घर भई पोखरा बस्दै आएका उपेन्द्र चौधरी, मुकेश शाह, राकेस शर्मा, सप्तरी घर भए पोखरा ८ बस्ने सुजित चौधरी, पोखरा १४ चाउथे बस्ने बर्ष ग्यारेजका संचालक गोपाल बस्नेत रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवा सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भई अनुसन्धान भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

the authoradmin