Tuesday, July 28

अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ। सोमबार साझँ नेपाल निवास कोटेश्वरमा भएको भेटघाटमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले सकारमा सहभागि हुनका निम्ति एकीकृत समाजवादीलाई आग्रह गर्नु भएको छ।

Advertisement

जवाफमा अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठक बोलाएर उक्त प्रस्तावका बारेमा निर्णय दिने बताउनु भएको छ। पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले भेटघाटबारे भन्नुभयो,‘सन्चो बिसन्चोको कुरा भयो। त्यसपछि सामान्य राजनीतिक कुराकानी पनि भए। प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै जाऊ भनेर भन्नुभयो। जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ।’

Advertisement
Advertisement

Advertisement