राजनीतिसमाचार

माधव नेपाल भेट्न पुगे राजेन्द्र लिङ्देन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेका छन् ।  राप्रपा स्रोतका अनुसार मंगलबार साँझ उनी नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वरस्थित निवासमा पुगेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भेटेपछि उनी कोटेश्वर पुगेको बताइएको छ । नेपाल केही दिनयता सामान्य बिरामी रहेका छन् । यद्यपि बिरामीका बिच उनले राजनीतिक भेटवार्तालाई समेत तीव्रता दिइरहेका छन् ।

सत्ता समीकरणमा बदलाव आएसँगै नेपाल असन्तुष्ट बनेको भनिएको बेला आजै प्रचण्ड र ओलीले गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । नेपालले त्यसमा सकारात्मक जवाफ दिएको बताइएको छ ।

the authoradmin