राजनीतिविश्वसमाचार

निक्की हेली अमेरिकी राष्ट्रपति चुनावको दौडबाट बाहिर

नेपालअखबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको दौडबाट निक्की हेलीले आफ्नो नाम फिर्ता लिएकी छिन् ।  हेलीको बहिर्गमनलाई प्रभावकारी रूपमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको सुरुवात मानिएको छ। अब राष्ट्रपतिको अन्तिम दौडमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबिच प्रतिस्पर्धा हुने लगभग निश्चित छ ।

तर हेलीले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनिन्, ‘अब यो डोनाल्ड ट्रम्पको हातमा छ कि उहाँलाई हाम्रो पार्टी र त्यसभन्दा बाहिरका भोट कसरी ल्याउनुहुन्छ । मलाई आशा छ कि उहाँले यो हासिल गर्न सक्नुहुनेछ ।’

तर यी सबैको बिचमा एउटा नयाँ प्रश्न छ– हेलीका मतदाताले उनी पछि कसलाई भोट दिनेछन् ? दक्षिण क्यारोलिनाका पूर्व गभर्नर हेलीलाई समर्थन गर्ने ट्रम्पविरोधी रिपब्लिकन र स्वतन्त्र उम्मेदवारहरूको समूहको मत ट्रम्पलाई मनोनयनबाट हटाउन पर्याप्त थिएन।

तर, हेलीको समर्थनमा यिनै मानिसहरूका साथै कलेजका शिक्षक र हेलीलाई दुईवटा प्राइमरी जिताउन भूमिका खेल्ने उपनगरीय मतदाता सँगै मिलेर अघि बढ्ने हो भने यो सङ्ख्या उल्लेखनीय हुन सक्छ । ऐतिहासिक रूपमा, यी समूहहरूलाई चुनावमा प्रभाव पार्न सक्ने ठुलो शक्ति मानिन्छ।

निक्कीले छाडेका मतदाताले अब राष्ट्रपति चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्वास छ । रिपब्लिकन रणनीतिकार केभिन म्याडेनले भने, ‘यो चुनावको निर्णय यिनै मतदाताहरूले गर्नेछन्।’ बीबीसी

the authoradmin