राजनीतिसमाचार

कामको गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको खानेपानी मन्त्री राजेन्द्रप्रसाद राईले  जानकारी दिए ।

बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ ।  यस्तै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको छ ।

the authoradmin