समाचारसमाज

अन्तर्राष्ट्रिय महिला दिवसस् विपद् र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर रिप्रोडक्टिभ राइट ९सीआरआर०, केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म ९एचपीपी० र महिला कानुन र विकास मञ्च ९एफडब्लुएलडी० ले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतिकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए । उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए । उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।

विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरेका थिए । कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविकता पीडा अभिव्यक्त गरेकी थिइन् । कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसंगै आनन्द लिएका थिए । उनको र्याप गीतमा महिलालाई सचेत गराइएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए । यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताइन् ।

एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थिति थियो । ‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’ लाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको छ ।

the authoradmin