Saturday, September 26

इनरुवा अस्पतालमा हाडजोर्नी अप्रेसन सेवा सूचारु

नेपालअखबार, इनरुवा। विगत लामो समय अघिदेखी लथालिङ रहेको इनरुवा अस्पताल सुधार उन्मुख बन्ने क्रममा निरन्तरता दिदैँ हिजो बिहिबारबाट हाडजोर्नी अप्रेसन सेवा समेत सूचारु गरेको छ । रेफरल अस्पतालको नाममा बद्नाम गर्दै आएको इनरुवा अस्पतालमा गत केही समय अघि देखी बिभिन्न सेवाहरुको विस्तार हुन थालेपछी सेवाग्राहीहरु अहिले खुशी हुन थालेका छन् ।

Advertisement

इनरुवा अस्पतालमा सेवा नपाई बिराटनगर र धरान जाने बाध्यताबाट धेरै हद सम्म मुक्ति पाएका सेवाग्राहीले यस अघि इनरुवा अस्पतालबाट धेरै सेवाहरु विस्तार हुदै जाँदा थप सेवाहरु पाउँदै आएका छन् । इनरुवा अस्पतालमा मेसुका रुपमा डा. श्रेया पंगेनी आएपछी बिभिन्न सेवाहरुको विस्तार हुँदा नगरबासीसँगै आसपासका सेवाष््राहीहरुले थप सेवा सुबिधा पाउन थालेको इनरुवा १ का कृष्ण श्रेष्ठ बताउँछन । उनका अनुसार अहिले इनरुवा अस्पतालमा बिरामी जाँदा त्यहाँकाृे जनशक्तिले भ्याएसम्म सफल उपचारमा कुनै कसर बाँकी नराख्ने गरेको बताए । सुनसरी जिल्ला अस्पताल इनरुवाले यसअघि निःशूल्क औषधीसँगसँगै बिभिन्न थप सेवाहरु विस्तार गर्ने कार्यैलाई निरन्तरता दिने क्रममा हिजोबाट हाडजोर्नी अप्रेसन सेवा समेत सूचारु गर्दा सेवाग्राहीहरुले बिराटनगर र धरान जाने झनझ्टबाट मुक्ति पाएका छन् ।

Advertisement
Advertisement

सेवा विस्तार क्रमिक रुपमा बढ्दै जाँदा सेवाग्राहीहरु उत्साहित भएको प्रतिक्रिया आई रँहदा सो अस्पतालकी मेसु श्रेया पंगेनीले यो आफ्नो जिम्मेवारी र धर्म रहेको कारण इनरुवा अस्पतालको सेवा विस्तारमा आफू लागि परी सेवाग्राहीलाई बढी भन्दाबढी सेवा दिन इनरुवा अस्पताललाई सक्षम बनाउने अभियानमा निरन्तर जुटि रहेको बताईन ।

Advertisement

उनले यस अघि आफू आए पश्चात अस्पतालमा निःशूलक औषधी वितरण व्यवस्थापन सँगसँगै नागरिकलाई सहज हुने अन्य कामहरु गरेको बताउँदै अगामी दिनमा यसै हप्ताभित्र बालबालिका सम्बन्धि एस.एन.सी. सेवा र अन्य थप सेवा सुबिधाहरु विस्तार गर्ने काम गम्भिरता पूर्वक अगाडी बढ्ने उनले बताईन् । उनले आफ्नो उदेश्य इनरुवा र आसपासका सेवाग्राहीलाई पूर्ण रुपमा संन्तुष्टी हुने गरी सेवा प्रदान गर्ने अस्पतालका रुपमा इनरुवा अस्पताललाई विकास गर्न खोजेको समेत बताईन् ।