प्रदेश ६समाचारस्वास्थ्य

कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार,  सुर्खेत ।  कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै सो प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार पुष्टि हुने संक्रमितमध्ये ६ जना सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका पुरुष हुन्।
तीमध्ये बनगाड कुपिन्डे २, ३, ५ र ६ वडाका एक–एक जना र सो नगरपालिकाको वडा नम्बर ४ का दुई जना छन्।
त्यसैगरी सुर्खेत भेरीगंगा नगरपालिका ७ र ८ का एक–एक जना पुरुष, दैलेख महावु गाउँपालिका १ का एक पुरुष र एक महिला र रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ का एक पुरुष छन्।
karnali-june21.png

the authoradmin

Leave a Reply