प्रदेश ७समाचारस्वास्थ्य

कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Nepal Akhabar

नेपाल अखबार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।
लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जनाकारी दिए । उनले भने, ‘जेठको ३० गते उहाँको स्वाब संकलन गरिएको थियो । शनिबार पोजेटिभ रिर्पाेट आयो ।’उनलाई अहिले पथरिया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड तयार गरेर त्यही राखिएको छ ।
योसँगै सुदूरपश्चिम प्रदेशमा ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । यसअघि कञ्चनपुरका २ जना, डडेल्धुरकामा २ जना र सेती प्रादेशिक अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।

the authoradmin

Leave a Reply