राजनीतिसमाचार

प्रकाशमानले भने– रविलाई राजीनामा दिएर छानविनमा सघाउ

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।

‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उहि हाकिम भएर बस्न मिल्छ र ?’ बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘शंका उठिसकेकाले छानबिन गर्नुपर्‍यो नि त ।’

the authoradmin