Thursday, August 27

एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित अभियान सम्पन्न

नेपालअखबार, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ।

Advertisement

संगठनको सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटीहरू परिचालन गरिएका थिए। गत फागुन २५ गतेदेखि दुई महिनासम्म सञ्चालित अभियान मङ्गबार पूरा भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement
Advertisement

दुई महिनामा वडा, क्षेत्र, जिल्ला अधिवेशन गरी कमिटी गठन, महाधिवेशनमा सहभागी हुन पार्टीले तल्लो कमिटीका सुझावअनुसार केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्थासहितको विधान संशोधन, महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज तयार भएका उहाँले जानकारी दिए।

Advertisement

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्न पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरेको छ। रासस