समाचारसमाज

ट्राफिक प्रहरी कार्यालय कास्कीलाई वर्ल्ड लिङ्क नेटवर्क प्रालिले सहयोग गर्‍यो

नेपालअखबार,पोखरा। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ ।

कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री आइतबार वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो ।

कम्पनीका गण्डकीका पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

म्यानेजर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ट्राफिकलाई सहयोग गरी सहज ट्राफिक व्यवस्थापनका लागि साथ दिएको बताए ।

प्रहरी निरीक्षक शर्माले पोखरा नगरभित्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई दुर्घटना न्युनिकरण एवं सहज ट्राफिक व्यवस्थापन गर्नको लागि यो सहयोग प्रभावकारी हुने बताए ।

उनले प्राप्त ट्राफिक संकेत बोर्ड, चेकिङ बोर्ड, नो पार्किङ स्ट्याण्ड लगायतका सामाग्री आवश्यक परेकाले सहयोग लिएको बताए ।

the authoradmin