Saturday, May 23

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की तोकिएका छन् । आईजीपी वसन्त कुँवरले कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघिका प्रवक्ता भीम ढकाल अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएसँगै सो जिम्मेवारी उनलाई दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरिसकेका कार्की आईजीपीको सचिवालयमा कार्यरत छन् ।

Advertisement