Friday, July 31

बबई नदीमा पौडी खेल्न गएका दाजुभाइको डुबेर मृत्यु

नेपालअखबार ,काठमाडौँ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ।

Advertisement

मंगलबार बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको हो।

Advertisement
Advertisement

दुई दाजुभाइ सोमबार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ।

Advertisement

प्रहरीका अनुसार १६ वर्षीय दिपेश परियारको बबई नदीबाट शव निकालिएको थियो भने १८ वर्षीय  दीपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

शव पोष्टमर्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिए।