Wednesday, July 29

मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

नेपालअखबार,काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौं पटक विश्वासको मत लिँदैछन्।

Advertisement

मुख्यमन्त्री यादवले विश्वासका मत लिने प्रयोजनका लागि बुधबार दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाएको संसद् सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावन भने न्यून छ।

Advertisement

सत्ता साझेदावर एकीकृत समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिइसकेको छ। उसले समर्थन पनि फिर्ता लिइसकेको छ।

अब मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेसका २२ र जनता समाजवादी पार्टी, नेपालका १९ सांसद छन्।

१०७ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक हुन्छ।

सभामुखसहित २५ सांसद रहेको नेकपा (एमाले), १३ सांसद जनमत पार्टी, ९ सांसद रहेको माओवादी केन्द्र र सात सांसद रहेको एकीकृत समाजवादीले नयाँ सरकार बनाउने सहमति गरिसकेका छन्।

उनीहरूले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका हुन्।