Wednesday, June 3

जाजरकोटमा भूकम्पको धक्का

नेपालअखबार,  जारकोट। जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।

बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

Advertisement

गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।