Monday, April 20

गर्मी खप्न नसकेपछि इंग्ल्यान्डमा कोरोना महामारीबीच समुद्रमा मानिसको यस्तो भिड

नेपाल अखबार, एजेन्सि। इंग्ल्यान्डमा बुधबार यस वर्षकै बढी गर्मी भएको छ। खप्न नसकेपछि कोरोना महामारीबीच नै हुलका हुल मानिस समुद्रछेउ गएका छन्।
बुधबार त्यहाँको तापक्रम २८ डिग्री सेल्सियस पुगेको थियो। त्यस दिन समुद्रको तटीय क्षेत्रमा मानिसको भिड देखिएको थियो।
ingsa
इंग्ल्यान्डमा लकडाउन खुकुलो हुँदै गएको छ। पछिल्लो महिनादेखि त्यहाँ मानिसलाई एक ठाउँबाट अर्काे ठाउँमा जाने अनुमति दिइएको छ।
तर इंग्ल्यान्डमा कोरोना संक्रमणका कारण बुधबार मात्र १५४ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ८१ पुगेको बीबीसीले जनाएको छ।
ingsa1 1

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *