Friday, July 31

दुई दलीय व्यवस्था जनताका लागि स्वीकार्य छैन: माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन्।

Advertisement

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै कसैले नसहने पनि बताए।

Advertisement
Advertisement

‘दुई दलीय शासन ल्याउन खोजेको हो? दुई दलीय शासन नेपालमा आउन सक्दैन। हामी आउन दिदैनौं,’ उनले भने, ‘बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ। बहुदलीय व्यवस्था यहाँ रहन्छ।’

Advertisement

उनले संघीय गणतन्त्रलाई अझै समृद्ध बनाउन चाहेको पनि बताए।