Wednesday, August 19

विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

नेपालअखबार, पाेखरा । विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।  गत साउन १६ गते अंन्दाजी बिहान ०१:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वर स्थित डाक्टर थानेश्वर पहारीको घर भाडामा लिई मुक्तिनाथ सपिङ सेन्टर संचालक आफ्नै पसलमा आगो लगाएका थिए  ।

Advertisement

जिल्ला स्याङ्जा आधिखोला गाउँपालिका वडा नं.६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३६ का सुजन गहतराजले बिमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएका थिए । पसलमा आगो लागेकाे घटनालाई  जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्दा मुक्तिनाथ सपिङ सेन्टर संचालक सुजन गहतराजले  आफैले नै आगो लगाएका खुलेपछि पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

घटनामा संलग्न  सुजन गहतराज र जिल्ला स्याङ्जा पुतली बजार न.पा.वडा नं.७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बस्ने वर्ष ४३ पवन नेपाललाई आपराधिक उपद्रव मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियाे ।  सम्मानित कास्की जिल्ला अदालतबाट दुबै जनालाई पुर्पक्षको लागी कास्की कारागारमा चलान भएको ।

Advertisement