राजनीतिसमाचार

महासचिवमार्फत ओलीले पठाए बैठकमा उपस्थित हुन नसक्ने सन्देश

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए । औलीले अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत  पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
आजको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा छलफल केन्द्रीत रहेको थियो ।  सो सो विषयमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, मात्रिका यादव, देव गुरुङ, गोकर्ण विष्ट, पम्फा भुसाल, बेदुराम भुसाल, रघुबीर महासेठ, भीम रावल, अष्ठलक्ष्मी शाक्यलगायत १८ जनाले धारणा राखेका थिए ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ताको प्रयास गरिएको भएपनि सकारात्मक नतिजा निस्कन नसकेको धारणा राखेका थिए । यस्तै उनले चीनले नेपालको भूमि मिचेको भन्दै खबरहरु आएपनि त्यसमा कुनै सत्यता नरहेको बैठकमा जानकारी गराएका थिए ।
अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ।

the authoradmin

Leave a Reply