Monday, May 11

खैरो रंगको पछाडी भिर्ने झोलामा नगद रु. २ लाख फेला

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका वडा नं. १३मा  नगद रु. २ लाख सहितको झोला फेला  परेकाे छ। गत ६ गते का दिन किरब ५ :०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १३  वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको पछाडी भिर्ने झोला अपरिचित व्याक्तिले छाडी गएकोमा थियाे ।
हालसम्म कोही कसैले दाबी गर्न नआएको पछि वडा नं. १३ कार्यालयले  वडा प्रहरी कार्यालय रामबजारलाई जान्कारी गराएकाे थियाे । वडा प्रहरी कार्यालय रामबजारबाट  खटिएको प्रहरी टोलिले सुरक्षित साथ वडा सदस्यको रोहबरमा खोली हेर्दा निम्न अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको थियाे ।   उक्त सामान वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको छ ।  उक्त सामान कोही
कसैको हुनसक्ने हुँदा प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्नु हुन अनुरोध गरेकाे छ ।
निम्न सामानहरु :-
1. नगद रु. २ लाख ।
2. हाप पाईन्ट थान-१, टिसर्ट थान -१, INSTA 360 लेखेको क्यामेरा थान-१
र मो.सा.को चाबी थान -१ ।

Advertisement