Monday, April 20

उत्तरी गोरखाको साम्दोमा हिमपात

नेपालअखबार,गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपात भएको छ । शुक्रवार रातिदेखिको हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् ।

आधा फिटदेखि एक फिटसम्म हिउँ परेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) साम्दोका प्रमुख विश्व त्रिपाठीले बताए । ‘हिउँले पदमार्ग नै ढाकेको छ’ उनले भने, ‘हामी हिउँ पन्छाउने काम गरिरहेका छौं ।’ हिमपातसँगै चिसो बढेकाले स्थानीयहरु घर भित्रै आगो तापेर बसेको उनले जानकारी दिए ।हिउँ पर्ने मौसम सुरु हुनु अगावै असोजमा हिउँ परेको यो पहिलो पटक हो । तल्लो क्षेत्रमा भने अविरल वर्षा भइरहेको छ ।

Advertisement