Wednesday, September 2

सिस्नेरीको एन्फा एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिए

नेपालअखबार,हेटौँडा । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन्।

Advertisement

बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए।

Advertisement
Advertisement

‘कुलेखानीको पानी ओभर फ्लो भयो। पाँच विद्यार्थीले छोटो बाटो रोजेर हिडे। तर, उनीहरू नै हिलो माटोमा परे। त्यसपछि बगाएको रहेछ,’ संयोजक ठकुरीले भने।

Advertisement

उनको अनुसार हराएका पाँच विद्याथी मध्ये तीन जनाको शव फेला परेको  छ। थपको खोजी कार्य जारी छ।