समाचारसमाज

तीन महिनामा ६ गैंडा मरे

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्।

साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्।

एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैंडा मृत्युको कारण खुल्न नसकेको उनले बताए।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैंडाको संख्या सात सय ५२ छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैंडा छन्।

the authoradmin