Sunday, July 26

तटीय क्षेत्रमा आइपुग्यो चक्रवात दाना, लाखौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार,नयाँ दिल्ली । भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा चक्रवात ‘दाना’ टक्राउने प्रक्रिया सुरु भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो प्रक्रिया शुक्रबार बिहानसम्म जारी रहने छ।

Advertisement

ओडिशाको झण्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ। आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी ‘दाना’ पछिल्लो छ घण्टामा सुरुवातमा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिममा सरेको थियो । त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बिचमा पुग्यो। यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा पुगिसकेको थियो।’

Advertisement
Advertisement

image2

Advertisement

‘दाना’ आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बंगालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार चक्रवाती आँधी ‘दाना’ लाई ध्यानमा राख्दै भारतीय नौसेनाले पनि सहायता र उद्धार कार्यको तयारी सुरु गरेको छ । ओडिशाका मुख्यमन्त्री मोहन माझीका अनुसार चक्रवात ‘दाना’का कारण राज्यका कुल ५ लाख ८४ हजर ८८८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। शुक्रबारसम्म यो सङ्ख्या ६ लाखभन्दा बढी पुग्न सक्छ ।

ओडिशा सरकारले चक्रवात प्रभावित क्षेत्रहरूबाट विस्थापित मानिसहरूलाई राख्न ७ हजार २०० चक्रवात केन्द्रहरू सिर्जना गरेको छ। चक्रवाती आँधी ‘दाना’ का कारण पश्चिम बंगाल र ओडिशा दुबैमा यातायात नराम्ररी प्रभावित भएको छ । हवाई, रेल र सडक तीनवटै प्रकारका यातायात सेवा प्रभावित भएका छन् ।

image3

भुवनेश्वरको बिजु पटनायक विमानस्थल र कोलकाताको सुभाषचन्द्र बोस विमानस्थलमा पनि उडान प्रभावित भएको छ । यसका साथै दुवै प्रदेशका बसपार्कको सवारी आवागमन पनि प्रभावित वा बन्द भएको छ । चक्रवात ‘दाना’का कारण ओडिशामा लगातार वर्षा भइरहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ ।

यसबाहेक लगातारको वर्षाका कारण राज्यका धेरै ठाउँमा रुखहरू ढलेर सडकमा खसेका छन् । जसका कारण जनताले धेरै समस्या भोग्नु परेको छ । भारतीय रेलवेले यस क्षेत्रमा चल्ने करिब १५० रेलहरू रद्द गरेको छ। दुवै राज्यका प्रमुख स्टेसनहरूमा यात्रुहरूको भीड देख्न सकिन्छ। -बीबीसी हिन्दी