Sunday, November 2

कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार, सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

Advertisement

आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।

Advertisement

पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। जिपको नम्बर खुलिसकेको छैन।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए।

हामी जाँदैछौं। दुर्घटनाको सूचना आएको छ। अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,’ उनले भने।

जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।