Monday, June 29

भ्रामक प्रचार गरेको आरोपमा पक्राउ दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

नेपालअखबार,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ ।

मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

Advertisement

उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।

हेर्नुहोस् विज्ञप्ति :