Monday, June 1

प्रियंका गान्धीले भाजपा उम्मेदवारलाई २ लाख मतले पछि पारिन्

नेपालअखबार,काठमाडौँ ।  केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ।

भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो।

Advertisement

भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले डेढ लाखभन्दा बढी मतान्तरले अग्रता लिएकी छन्।

गान्धीले २ लाख ५३ हजार ९४० मत ल्याएकी छन्। कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरीले ८६ हजार मत ल्याएका छन्।

यसअनुसार १ लाख ६७ हजार ५३९ मतान्तरले गान्धीले अग्रता लिइरहेकी छन्।

भाजपा उम्मेदवार नाभ्य हरिदासले ५३ हजार ६७५ मत ल्याउँदै तेस्रो स्थानमा छिन्।

यसअनुसार हरिदाससँग गान्धीको मतान्तर २ लाखभन्दा बढी छ।

प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुन्।

गत असारमा सम्पन्न लोकसभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए।

दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि गान्धीले वायनाड छाडेर आफ्नी बहिनीलाई उम्मेदवार बनाएका थिए।