Saturday, May 2

माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिषहरुको दबदबा

नेपालअखबार,पोखरा। माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारतीे अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष)
तथा आशिष कुमार शाक्य कार्ट्समाण्डुकप र नवाङ्ग मोक्ताबल नेपाल अटोजिखाना (महिला)मा प्रथम
भएका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पौष २० गतेहिमालयन मोटरल्याड,
धुलिखेलमो माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय
अटोमोवाइल फेडेरेसको स्पोर्टस्डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन
र बागमति प्रदेश खेलकुद विकास परिषद्र्का अर्थिक सहयोगमा भएको सो फेीसभलमा मोटरस्पोर्टस्का
चारवटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनि लगायतका विभिन्न आकर्षण रहेको
थियो।
फेस्टिभलकोअटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, काटर््समाण्डुकपमा प्रविन कार्की र जय
प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिगविजय अधिकारी तथा जिमखाना महिलामा वर्षा
बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । विजेताहरुले जनही क्रमशः सत्ताईस
हजार, नौ हनार र तीन हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट
ह्यामपर पनि प्राप्त गरे ।
बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामालेफ्लाग अफ गरी सुरु गरिएको
सोफेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डुकप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष
र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।
कार्यक्रको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको
संयोजन मोटरस्पोर्टस्मा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसाला
बढाउनुभयो ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल
इनर्जिज नेपालका सेल्स डेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई हिजो अवेर धुलिखेलमा
पुरस्कार वितरण गर्नुभएको थियो ।

Advertisement