दुर्घटना

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

Nepal Akhabar

नेपाल अखबार, गोरखा । गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।
तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो ।

the authoradmin

Leave a Reply