Friday, May 1

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जारी

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी छ।

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शनिबार एकीकृत समाजवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक चलिरहेको छ।

Advertisement

शुक्रबादेखि सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त प्रतिवेदनमा केन्द्रीय समिति सदस्यहरूले धारणा राखेका थिए।

शनिबार पनि धारणा राख्ने क्रम जारी रहने एकीकृत समाजवादीले जनाएको छ।