Monday, May 4

ज्ञानेन्द्र शाहलाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेको स्पष्ट पार्नुभएको छ।

साथै उहाँले राजतन्त्र नफर्किनेसमेत दाबी गर्नुभयो। शुक्रबार जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वरमा बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको हो। पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उहाँले सुझाव दिनुभयो।

Advertisement

अर्को प्रसँगमा अध्यक्ष नेपालले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाउनुभयो। आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक सङ्कटपर्ने उहाँको भनाइ छ।

अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर दल फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गर्नुभयो। रौतहटबाट पहिलो पटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षरोपण अभियानलाई ऐक्यबद्धता जनाउँदै अध्यक्ष नेपालले फलको बिरुवा रोप्नुभएको हो।