Monday, July 27

नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

नेपालअखबार,काठमाडौँ  । श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा. पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

Advertisement

प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालका नवनियुक्त आवासीय राजदूत नेपालीलाई बुधबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

Advertisement
Advertisement

नेपालीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले गत फागुन १९ गते राजदूतमा नियुक्त गरेका थिए।

Advertisement

पद तथा गोपनीयताको शपथ समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।