
नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्गलबार राति १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ ।’

