Sunday, July 5

वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान

नेपालअखबार,काठमाडौँ । वरिष्ठ गायिका देविका वन्दनालाई इन्टरनेसनल नेप्लिज कम्युनिटी (आईएनसी)ले सम्मान गरेको छ ।

Advertisement

काठमाडौँमा आयोजित क्यान्सर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

Advertisement
Advertisement

कार्यक्रममा गायिका वन्दनाले क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव सुनाइन् । गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीलगायत सहभागी कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिएका थिए ।

Advertisement

कार्यक्रमको संयोजन संगीतकार टीका दाहाल गरेका हुन् ।

कार्यक्रममा कम्युनिटीले गायिका वन्दनाको हौसला अभिवृद्धिका लागि वन्दनाद्वारा लिखित पुस्तक ‘जित्नेको हाँसो’ ५० प्रति खरिद गरेको थियो ।

विश्वभर विभिन्न पेसा, व्यवसाय तथा श्रम क्षेत्रमा आबद्ध भई सामाजिक सञ्जालमा सक्रिय नेपाली तथा नेपालीभाषी युवाको समूहले स्थापना गरेको कम्युनिटी पवित्र उद्देश्यका साथ व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि समर्पित भएर कार्य गर्दै आएको छ ।