Wednesday, July 22

विमानस्थलबाट ६ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

Advertisement
Advertisement

उनले भने, ‘थाई एयरको उडानमार्फत् बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो।’

Advertisement

भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ।